१९ माघ, काठमाडौँ । हिउँदे वर्षा र हिमपातले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको सास्ती थपिएको छ । त्रिपालमुनि बस्न बाध्य भएका उनीहरुलाई पानी र हिमपातका कारण चिसो बढेपछि थप समस्या भएको हो ।
समयमै उचित व्यवस्थापन हुन नसक्दा चिसोका कारण भूकम्पपीडित थप मार्कामा परेका छन । गत बुधवार बेलुका देखि जाजरकोट र रुकुमपश्चिमको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको हो ।
Advertisement
भूकम्पबाट पीडित भएकाहरुको अहिले सम्म उचित बसोबासको व्यवस्था हुन सकेको छैन । अस्थायी आवास र त्रिपालका भरमा बसेका उनीहरुलाई चिसो थेग्न गाह्रो भएको छ । कतिपय चर्किएकै घरमा बसेका छन । जाडो बढेपछि घरबाहिर निस्कन समेत समस्या भएको छ ।
यति बेला विशेष गरी चिसोबाट बालबच्चा र ज्येष्ठ नागरिक समस्यामा परेका छन । त्रिपाल र टहरामा बसेका पीडितलाई थप जोखिम छ । भूकम्प गएको तीन महिना बितिसक्दा पनि अस्थायी आवासको काम पूरा हुन सकेको छैन । सरकारको ढिलासुस्ती र चिसोको यो बेला आफूहरु थप समस्यामा परेको भूकम्प पीडितहरुको गुनासो छ ।
Advertisement
जाजरकोट भूकम्पबाट झण्डै ८० हजार घरमा क्षति पुुगेकोमा २५ हजारको सङ्ख्यामा अस्थायी आवास बनेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क छ ।
जाजरकोट केन्द्रबिन्दु भएर गएको कात्तिक १७ गते भूकम्प गएको थियो । हिउँदे वर्षा र हिमपातले अन्य क्षेत्रका किसान खुसी भए पनि भूकम्प पीडितको बसाइलाई प्रत्यक्ष प्रभाव परेको छ ।
Advertisement
– उज्यालो अनलाईबाट
टिप्पणीहरू