Close sidebar
  • ताजा
  • लोकप्रिय
  • माया र सुरेन्द्रलाई प्राइड रेन्बोको सम्मान, तेस्रोलिंगी नैनालाई आर्थिक सहयोग

    १९ माघ, काठमाडौँ । नेपालमा पहिलो इन्द्रेणी (समलिङ्गी) विवाह कानुनी रूपमा दर्ता गर्न सफल जोडीलाई लायन्स क्लब अफ काठमाडौँ प्राइड रेन्बोले सम्मान गरेको छ । लमजुङको दोर्दी गाउँपालिका कार्यालयमा १३ मङ्सिरमा विवाह दर्ता गर्न सफल माया गुरुङ्ग र सुरेन्द्र पाण्डेलाई प्राइड रेन्बोले सम्मान गरेको हो ।

    मायाको पहिचान नेपालकी अध्यक्ष माया र सचिव सुरेन्द्रको विवाह दर्ता भएसँगै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीलाई कानुनी रूपमा विवाह दर्ता गर्ने बाटो खुलेको छ ।

    Advertisement

    पौष ७ मा कैलालीको कैलारी गाउँपालिका कार्यालयले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडी मनिला न्यौपाने र प्रकाश चौधरीको विवाह दर्ता गरेको थियो । मनिला र प्रकाश इन्द्रेणी विवाह दर्ता गर्ने दोस्रो जोडी हुन ।

    सर्वोच्च अदालतमा विवाह दर्ताको आदेश माग्दै रिट दर्ता गर्ने मध्ये माया र सुरेन्द्रको मात्रै कानुनी रूपमा विवाह दर्ता भएको छ । रिट दर्ता गर्ने अरू ८ जोडी भने अहिले गुमनाम छन । उनीहरू विवाह दर्ताका लागि कुनै प्रक्रियामा गएका छैनन ।

    Advertisement

    सर्वोच्चमा मुद्दा नगर्ने जोडीका लागि समेत विवाह दर्ता गरिदिने अन्तरिम आदेश पछि देशका विभिन्न स्थानीय तहमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडी विवाह दर्ताको प्रक्रियामा लागेका छन ।

    पहिलो विवाह दर्ता गरेर नेपालको नाम राख्न सफल माया र सुरेन्द्रलाई सम्मान गरिएको लायन्स क्लब अफ काठमाडौँ प्राइड रेन्बोका अध्यक्ष चन्द्र गुरुङ्गले बताए ।

    Advertisement

    प्राइड रेन्बोले प्यारालाइसिस पीडित तेस्रोलिंगी नैना राईलाई आर्थिक सहयोग पनि गरेको छ । राईलाई ११ हजार ५ सय रुपैयाँ आर्थिक सहयोग गरिएको अध्यक्ष गुरुङ्गले बताए । सम्मान र आर्थिक सहयोग हस्तान्तरण लायन्स क्लबका फस्ट डिस्ट्रिक्ट गभर्नर, डिपार्टमेन्ट चिफ मनकुमार श्रेष्ठ सहित अध्यक्ष गुरुङ्गले गरेका हुन ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »