१९ माघ, नवलपरासी । पश्चिम नवलपरासीको सुनवलमा बस र टिपर एकआपसमा ठोक्किदा बस चालक सहित १७ जना घाइते भएका छन । बसमा ३५ यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।
काठमाडौँबाट बाजुरा जाँदै गरेको सु.प.प्र ०१–००१ ख ३४८० नम्बरको बस र बुटवलबाट सुनवल आउदै गरेको लु २ ख १६९६ नम्बरको टिपर बिहीवार राती सुनवल नगरपालिका वडा नं. ४ अल्कत्रे डण्डा नजिकै ठक्कर खाँदा दुर्घटना भएको हो ।
Advertisement
दुर्घटनामा घाइते हने १३ जनालाई उपचारका लागि देवदह मेडिकल कलेज भलुही पठाइएको छ भने ४ जनालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
घाइते मध्य जिल्ला नवलपुर देवचुली नगरपालिका वडा नं.१२ गैडी बस्ने वर्ष ३२ का प्रकाश न्यौपानेको टाउकोमा चोट अवस्था गम्भीर छन भने ७ जना मध्य र ९ जनाको अवस्था सामान्य रहेकोे जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी गराए ।
Advertisement
सवारी साधन र टिपर चालकलाई नियन्त्रणमा लिइ दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू