Close sidebar
  • ताजा
  • लोकप्रिय
  • बिरामीले सहज रूपमा रगत पाउनुपर्छ : सांसद अम्बिका काफ्ले

    १६ माघ, बाँके । लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेले बिरामीले सहज रूपमा रगत पाउनुपर्ने बताएकी छन । सरकारले बिरामीलाई आवश्यक परेको अवस्थामा निःशुल्क र सहज रूपमा पाउनुपर्ने वातावरण निर्माणमा ध्यान दिनुपर्ने बताएकी छन ।

    नेपालगञ्जमा सोमबर १८ औं राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद काफ्लेले रगतको सहज व्यवस्थापन र निःशुल्क पाउनुपर्ने बिषयमा आफुले पहल गर्ने बताएकी हुन ।

    Advertisement

    भेरीमा आउने बिरामीले निःशुल्क रूपमा रगत पाउने व्यवस्था भएजस्तै अन्य अस्पतालका बिरामीले पनि निःशुल्क पाउनुपर्ने जोड दिँदै उनले यसको उपलब्धतालाई सहज बनाउन सरकारले प्रभावकारी अभियान संचालन गर्न आवश्यक रहेको समेत उल्लेख गरिन ।

    ‘स्वयंसेवी रक्तदाता समाजको म आफूपनि आजिवन सदस्य हो,’ सांसद काफ्लेले भन्नुभयो, ‘रगत सबैका लागि आवश्यक छ, तर यसको उपलब्धता सहज छैन, यसका लागि स्थानीय तहले पनि ध्यान दिन जरुरी छ ।’

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »