१५ माघ, कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाँउपालिका जनप्रतिनिधिहरुले पालिकाको प्रमुख प्रशासकीय अधिकृत विरुद्ध ज्ञापनपत्र बुझाएका छन ।
मायादेवी गाँउपालिकाका ८ वटै वडाध्यक्षहरुले सोमबार पालिका प्रमुख वलिउद्धिन मुसलमान मार्फत संघीय ममिला तथा सामन्य प्रशासन मन्त्रालय सिंहदरबारलाई ज्ञापनपत्र बुझाएको हो ।
Advertisement
प्रमुख प्रशासकीय अधिकृत सबिन सिंह चौधरीले जनप्रतिनिधि र आम जनसमुदाय संग अभद्र तरिकाले प्रस्तुत हुने र जनतालाई दुख दिने तथा जनप्रतिनिधिलाई असहयोग गरेको विषयमा ज्ञापनपत्र बुझाएको हो ।
‘जनप्रतिनिधि जनता प्रति उत्तरदायी हुने भएकोले प्रशासकीय अधिकृत बदनियत पूर्ण तारिकाले गर्ने सम्पूर्ण जन समुदायलाई दुःख दिन कार्य गर्न भएकोले आर्थिक चलखेल तिर बिशेष ध्यान पु¥याउने उद्देश्य भएकोले सबैको मान सम्मान सहित छिटो छरितो सेवादिनुपर्ने माग सहित अगाडि बढ्दै हामी सम्पूर्ण जनप्रतिनिधि प्रमुख प्रशासकीय अधिकृत विरुद्ध संघर्ष कार्याक्रम घोषणा गर्ने चेतावनी दिन चाहन्छौं ।’ ज्ञापनपत्रमा उल्लेख छ ।
Advertisement
उक्त संघर्ष क्रममा हुने सम्पूर्ण क्षतिको जिम्मेवारी गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत हुनुपर्ने समेत पत्रमा बताइएको छ ।
गाँउपालिका अध्यक्ष मुस्लमानले आफुहरु सबैलाई मिलाएर अगाडि बढ्ने बताएका छन ।
Advertisement
यस्तै, प्रमुख प्रशासकीय अधिकृत चौधरीले वडाको सम्पूर्ण आर्थिक क्रियाकलापहरु पालिकबाटै हुनपर्ने र आफु आर्थिक कारोबारमा कुनै पनि अनियमति नगरेको बताएका छन । उनले भने, ‘नियम विपरित म कुनै पनि कार्य गर्दैन ।’
टिप्पणीहरू