Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नेपाल एयरलाइन्सले सुर्खेतबाट विभिन्न जिल्लाहरुमा उडान गर्ने

    १३ माघ, काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट प्रदेशका अन्य जिल्लामा उडान गर्ने भएको छ ।

    उक्त उडानका लागि रक्षामन्त्रालयमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का सँग गरिएको छलफलमा उनले सुर्खेतबाट कर्णाली प्रदेशका अन्य जिल्ला जुम्ला, हुम्ला, सिमिकोट, ताल्चा, डोल्पा लगायतका गन्तव्यको उडान प्रारम्भ गर्न प्राथमिकता दिएर रफ्तारका साथ काम गर्न आग्रह गरेका छन ।

    Advertisement

    निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी सहितको टोलीले सोही उडानको सञ्चालनका सन्दर्भमा रक्षा मन्त्रालयमा छलफल गरेको हो ।

    रक्षामन्त्री पूर्णबहादुर खड्काले सुर्खेतबाट अन्य जिल्लामा हवाई सेवा दिने नेपाल एयरलाइन्सको दीर्घकालीन व्यावसायिक योजनामा आफ्नो, संघीय सरकार र प्रदेश सरकारको साथ, सहयोग र समर्थन रहेको बताए ।

    Advertisement

    निगमका कार्यकारी अध्यक्ष अधिकारीले सुर्खेतबाट उडानको तयारी भइरहेको जानकारी गराउदै समिति समेत गठन भईसकेको जानकारी दिए ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »