६ माघ, काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा प्रदीप परियारलाई पठाउने निर्णय गरेको छ ।
उनी राष्ट्रिय योजना आयोगका सहसचिव समेत हुन । काठमाडौँ महानगरका यसअघिका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई मधेशी आयोगमा सरुवा गरिएको छ ।
Advertisement
यसअघि स्वास्थ्यको कर्मचारी नियुक्तिमा चलखेल गरेको भन्दै अधिकारी र मेयर बालेन शाह बीच विवाद भएको थियो । अधिकारीको कार्यकक्षमा ताला समेत लगाइएको थियो । त्यसपछि अधिकारी बिदामा बसेका थिए ।
टिप्पणीहरू