६ माघ, बाँके । बाँकेको नेपालगञ्जमा २२ जनवरी अर्थात माघ ८ गते सोमबारका दिन जिवजन्तु वध एवं मदिरा विक्री वितरणमा रोक लगाउन माग गरिएको छ ।
माघ ८ गते शुक्ल द्वादशीको दिन छिमेकी राष्ट्र भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा नेपालगञ्जमा पनि भव्य रुपमा उत्सव मनाउने तयारी चलिरहेको छ । नेपालगञ्जका विभिन्न मठमन्दिरलाई पनि रंगरोगन गरेर आकर्षक बनाइदैँछ ।
Advertisement
नेपालगञ्ज एवं जिल्लाकै विभिन्न मठ मन्दिरमा हवन, कलश शोभा यात्रा, दिप प्रज्वलन, राम कथाको विभिन्न अध्यायका झाकी प्रदर्शन, आरती देखि भजनकृतन समेत गर्ने तयारी भईरहेको छ ।
उक्त ऐतिहासिक दिन कुनै पनि पशुपन्छी, जिवजन्तु आदिको वध, मदिरा, माछा, मासुको विक्री वितरण लगायत कार्यहरु रोक्न जनमत पार्टी बाँकेले नगरपालिका समक्ष माग गरेको छ ।
Advertisement
जनमत महिला संघ, बाँकेकी अध्यक्ष रेखा झाले नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टलाई शुक्रबार ज्ञापनपत्र बुझाउदै माग गरेकी हुन ।
टिप्पणीहरू