४ माघ, काभ्रे । काभ्रेका एक वडाध्यक्षले सिफारिस बापत घुस रकम लिएको विषयमा अख्तियारले नियन्त्रणमा लिएको छ ।
बनेपा नगरपालिका वडा नं. ९ का वडाध्यक्ष नृपेश वादेले घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राही सँग घुस र रिसवत माग गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछी आयोगले कानुनी प्रक्रिया अगाडि बढाएको प्रवक्ता नरहरि घिमिरेले जानकारी गराए ।
Advertisement
उक्त सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले स्टिंग अपरेसन थालेको थियो ।
वडाध्यक्ष नृपेश वादेलाई सेवाग्राहीबाट रु. १५ लाख रुपैँया घुस र रिसवत लिइसकेको अवस्थामा फेला पारेर नियन्त्रणमा लिएको प्रवक्ता घिमिरेले बताए ।
Advertisement
प्रवक्ता घिमिरेले भने, ‘उक्त रकम सहित श्रोत नखुलेको जापानी येन ९ दस हजारको १ थान, अमेरिकी डलर एक सयको एक थान र कार सहित नियन्त्रणमा लिएको हो ।’
कारका चालक पदम बहादुर प्रधानलाई समेत भक्तपुरको मध्यपुर थिमि न.पा. वडा नं. ३ गठ्ठाघरबाट बुधबार नियन्त्रणमा लिएको आयोगले जानाकएको छ । उनीहरुलाई नियन्त्रणमा लिएर थप आवश्यक अनुसन्धान भईरहको आयोगका प्रवक्ता घिमिरेले जानकारी गराए ।
टिप्पणीहरू