२ माघ, काठमाण्डौँ । यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको चुनावका लागि आजदेखि आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले यसअघि नै आज देखि माघ १२ गतेसम्म लागू हुने गरी आचारसंहिता जारी गरेको थियो ।
आचारसंहिता अवधिभर कुनै सार्वजनिक स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन नपाइने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी गराए । यस्तै प्रचारप्रसार लगायतका विषयमा पनि आयोगले गर्न नहुने कुराहरूको सूची सार्वजनिक गरिसकेको छ ।
Advertisement
कुनै सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्था वा विश्वविद्यालय वा विद्यालय वा महाविद्यालयको क्षेत्र प्रयोग गरी चुनाव सम्बन्धी भेला वा प्रचारप्रसार गर्न वा गराउन नहुने उल्लेख छ ।
टिप्पणीहरू