Close sidebar
  • ताजा
  • लोकप्रिय
  • अभिनेता पल शाहको आगमनमा थाम्नै नसकिने भिड

    छैठौं नेपालगञ्ज महोत्सव

    १५ पौष, बाँके । चर्चित अभिनेता एवं मोडेल पल शाहको आगमनले शनिवार नेपालगञ्जमा सञ्चालित महोत्सवमा थाम्नै नसकिने भिड देखिएको छ ।

    नेपालगञ्ज १८ स्थित सडक डिभिजन कार्यालय परिसर भित्र सञ्चालनमा रहेको छैठौं नेपालगञ्ज महोत्सवको दशौं दिन महोत्सवमा अभिनेता शाहको प्रस्तुतिमा थाम्नै नसकिने भिड देखिएको थियो । महोत्सवमा अभिनेता शाहलार्ई हेर्न ठुलो संख्यामा दर्शकहरू टिकट काटेर आएका थिए । नेपालगञ्ज महोत्सवमा शाह पहिलो पटक आएका हुन ।

    Advertisement

    महोत्सवमा पल शाहले नमस्ते नेपालगञ्ज मात्रै के भनेका थिए, महोत्सव स्थलमा खटिएका सुरक्षाकर्मीले भिड थाम्नै सकेका थिएनन् । महोत्सव आवलोकन गर्न आएका दर्शकहरु शाहंको आगमन हुनसाथ जालीलाई चिरेरै शाह नजिकै पुगेका थिए ।

    अभिनेता शाहको भरखरै मात्र सार्वजनिक भएको लोकप्रिय म्युजिक भिडियो एक दुई तीन चार स्वीकार मेरो नमस्कार बोलको प्रस्तुतिमा महोत्सवका दर्शकहरु रमाएका थिए । अभिनेता शाहको प्रस्तुतिले दर्शकहरु अबेर साँझा सम्म महोत्सव स्थलमा बसेर शाहको प्रस्तुतीमा रमाई रहेका थिए । दर्शकलाई थामी नसक्ने भिडले केही समय पल शाहको प्रस्तुतिलाई आयोजकले रोक्न बाध्य भएको थियो । पल शाहको प्रस्तुतिलाई हेर्न दर्शकको भिडले बृद्ध आमाबुवा तथा बालवालिकालाई सम्हाल्न हम्मे हम्मे परेको थियो ।

    Advertisement

    महोत्सवको दशौं दिन पल शाह सहित चर्चित कलाकारहरूको बेजोड प्रस्तुती रहेको थियो । शनिवार महोत्सवमा आएका गायिका बिमता घर्ति मगर, मोडल डान्सर, रेशम नेपकिंग, मोडल डान्सर प्रकाश सोनी, मोडल डान्सर रितु सेरपाली, मोडल मेघन लगायतको बेजोड प्रस्तुतीले महोत्सवका दर्शकलाई भरपुर्ण मनोरञ्जन गराएका थिए ।

    आयोजकका अनुसार महोत्सबमा शनिवार अहिले सम्मकै सबैभन्दा ठूलो भिड रहेको थियो ।

    Advertisement

    यस्तै, आज चर्चित अभिनेता सौगात मल्ल, हास्य कलाकार कमल मणि नेपाल, नायक तथा मोडल दुगेश थापा, गायक चन्द्र शर्मा, मोडल तथा डान्सर सन्ध्या शर्मा लगायतका कलाकारहरुको बेजोड प्रस्तुती रहने संयोजक नन्द बुढाले जानकारी गराए ।

    यस्तै, प्रत्येक दिन प्रदेश स्तरीय डान्स आइडल प्रतियोगिता , स्थानिय सगरमाथा डान्स ग्रुपको बेजोड प्रस्तुति समेत जारी छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »