Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नवलपरासीमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

    १३ पौष, नवलपरासी । महेशपुर सडक खण्डको परसियामा स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

    पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नं. ३ परसिया निवासी बिर्जु तेली गुप्ताले चलाएको यूपी ५६ एडी ३८२३ नम्बरको स्कुटरमा मल लिएर खेतमा जाने क्रममा अचानक चक्कर लागेर अनियन्त्रित भई बाटो छेउमा रहेको कुलोमा खस्न जादा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    Advertisement

    पारिवारिक स्रोतका अनुसार उनी पहिले देखिनै बल्ड प्रेसर र मुटु सम्बन्धी बिरामी रहेको बुझिएको छ । मुचुल्का लगायत प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न पश्चात पोष्टमार्टमका लागी पृथ्वी चन्द्र अस्पताल परासी लगिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »