१३ पौष, बाँके । चर्चित गायक रमेश राज भट्टराई टन्न पैसा कमाउन मन थियो, सुख्खै सुखले रमाउन मन भन्थ्यो बोलको गीत प्रस्तुत गरेपछि नेपालगञ्जमा सञ्चालित छैठौं नेपालगञ्ज महोत्सवमा दर्शक खुलेरै रमाएका थिए । दर्शकहरु उनको गीतमा नाचेका थिए ।
महोत्सवको नवांै दिन विभिन्न राष्ट्रिय ख्याती प्राप्त कलाकारको बेजोड प्रस्तुतीले दर्शकहरु रमाएका हुन । राजा राजा भन्थी बाजा बजाएर गई, खुट्टा भए जुट्टा छानी छानी पाइन्छ यो बजारमा, मलाई गर्थे जस्तो लाग्थ्यो, मेरै निम्ती मर्छु जस्तो लाग्छु तर आज अर्कैलाई छानेर गई, मैले सिन्दुर लिएर पर्खेको थिए मलाई हातमा राखी बाधेर गई, बेहुला बनाउछु भन्थ्यो बहुला बनाएर गई, उसले जति माया मैले पनि दिन्थे होला, तिमी मेरै भाको भए कति खुसी दिन्थे होला, हो संसारका सारा खुसी तिम्रैलागि किन्थे होला लगायतका दर्जन बढि चर्चित चर्चित गितहरु प्रस्तुत गरेका थिए ।
Advertisement
यस्तै, गायिका सृजना खत्रीले प्रस्तुत गरेको नौटंकी माया बोलको गीतमा दर्शकहरु झुमेका थिए । गायिका खत्रीको केटीहो फाईनली भिनाजु भेटियो जुत्ता लुकाउनलाई रेडी हो, मेरो एक्सको छम्मा, पैसा सैसा चैट पैसा सैसा चैट, तिमी त डबल माया लाउन साह्रै सिपालु, सितलु छाया लाहुरे माया मेरो जे भने नि कुनै यसमा शंका छैन, लगायतका चर्चित गीतमा नेपालगन्ज महोत्सवका दर्शक एकदमै रमाएका थिए ।
गायिका रुपा धर्ति मगर र गायिका शान्ति सुनार लगायतको चर्चित चिर्चत कलाकारहरुको बेजोड प्रस्तुति संगै स्थानिय सगरमाथा डान्स ग्रुपको बेजोड प्रस्तुति रहेको थियो ।
Advertisement
कार्यक्रमको सञ्चालन दिपु मगर र अशोक रावलले गरेका थिए । यस्तै शनिवार चर्चित मोडल तथा नायक पल शाह, गायीका बिमिता घर्ति मगर, मोडल डान्सर, रेशम नेपकिंग, मोडल डान्सर प्रकाश सोनी, मोडल डान्सर रितु सेरपाली, मोडल मेघना, डान्स डाइरेक्टर नवराज सुबेदी लगायतका कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजक टिमका संंयोजक नन्द बुढाले जानकारी गराए ।
यस्तै महोत्सवमा हरेक दिन प्रदेश स्तरीय डान्स आईडल प्रतियोगिता समेत जारी रहेको संयोजक बुढाले बताए ।
टिप्पणीहरू