७ पौष, बाँके । छैठौं नेपालगञ्ज महोत्सवमा रोमाञ्चक खेल कुस्ती प्रतियोगिता प्रति दर्शकको आर्कषक बढदै गएको छ । कुस्ती प्रतियोगिता पौष ६ गतेबाट सुरु भएको थियो ।
कृषि प्रबद्र्धन व्यापारिक तथा रोजगार पुर्वधार भन्ने मुल नाराका साथ ए.जी. सर्भिस प्रा.लि. नेपालगञ्ज ६ ले आयोजना गरेको छैठौं नेपालग्रञ्ज महोत्सबमा कुस्ती खेल प्रति युवा देखि ठूला सम्मको आकर्षण बढ्दै गएको हो ।
Advertisement
महोत्सवमा दंगल अर्थात कुस्ती प्रतियोगिता नेपाली समाज बीच नौलो र पहलवान बीच कुस्तीको प्रत्यक्ष आनन्द महसुस हुनेभएकोले उक्त प्रतियोगिता दर्शकलाई खुवै रुचाएको वरिपरीको भिडभाले नै दर्शाउछ ।
नेपालगञ्ज महोत्समा पौष ९ गते सम्म हुने दंगलमा नेपाल एवं भारतका चर्चित खेलाडी बीच कुस्ती हुनेगरेको जनाइएको छ ।
कुस्तीमा नेपाल र भारतको राजस्थान, पञ्जाब, हरियाणा लगायतका राज्यहरुका खेलाडीहरु बीच दंगल हुने आयोजकले जनाएको छ ।
टिप्पणीहरू