Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नेपालमा पश्चिमी वायुको प्रभाव

    २८ मंसिर, बाँके । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    शनिवार यता देशका पहाडी भू-भागमा आंशिक बदली हुने र अन्य भूभागमा मौसम सफा रहने महाशाखाले जनाएको छ । महाशाखाले आज विहान ६ बजे सार्वजनिक गरेको बुलेटिनमा जाडो याम सुरु भएयता धेरै पछि आज र भोलि वर्षा र हिमपातको कुनै सम्भावना नरहेको पूर्वानुमान गरेको हो ।

    Advertisement

    आगामी शनिवार भने उच्च पहाडी र हिमाली भू-भागका एक-दुई स्थानहरूमा हल्का हिमपातको पूर्वानुमान मात्र गरेको छ । आज र भोलि दिउँसो, राती दुवै समयमा देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »