Close sidebar
  • ताजा
  • लोकप्रिय
  • गठबन्धन सरकार कुहिएको फल जस्तै: अध्यक्ष ओली

    २८ मंसिर, भोजपुर । नेकपा (एमाले)का अध्यक्ष एवं पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काम गर्ने इच्छा शक्ति हुँदा धेरै काम गर्न सकिने बताएका छन ।

    झुलाघाट-चिवाभन्ज्याङःसमृद्धिका लागि सङ्कल्प यात्रा अभियान अन्तर्गत बुधबार भोजपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नाकाबन्दी, भूकम्प र कोभिड महामारीको बेलामा पनि नेकपा (एमाले)ले धेरै काम गरेको बताए ।

    Advertisement

    नेकपा (एमाले) सरकारबाट हटेपछि भूकम्प पछिको पुनर्निर्माण सबै काम रोकिएको अवस्थामा पुनः नेकपा (एमाले) सरकारमा गएपछि सबै पुनर्निर्माणका काम गरेको उनले स्मरण गराए ।

    यस बाहेक विद्युत, खानेपानी, सडक, पुल, सिँचाई, रेल, विभिन्न पूर्वाधार, अनेक खालका विकास नेकपा (एमाले)ले सरकारमा रहेको समयमा गरेको अध्यक्ष ओलीले बताए ।

    Advertisement

    पूर्वप्रधानमन्त्री ओलीले भने, ‘हाम्रो समयमा धेरै कामहरू भए, ति कामबाट विरोधीहरू आत्तिए । तिनै विरोधी शक्ति एमालेभित्र समेत घुसेर पार्टी फुटाउने काम गरेका छन ।’

    एमालेलाई केही समयको लागि सत्ताबाट हटाएको भए पनि फेरि जनताको बहुमत सहित सरकारमा पुग्ने विश्वास अध्यक्ष ओलीले व्यक्त गरे । नेकपा (एमाले) गठबन्धन खोजेर हिँड्न झञ्झट नगर्ने तर कोही राष्ट्रिय शक्ति बन्न आउँछौँ भन्छन् भने हात मिलाएर अघि बढ्ने उनले प्रष्ट पारे ।

    Advertisement

    सबै सिद्धाउन खोज्दा पनि कसैले सिध्याउन नसकेर नेकपा (एमाले) पहिलो राष्ट्रिय शक्ति बनेको तर अब भने एमाले एकल बहुमतसहितको पहिलो राष्ट्रिय शक्ति बन्नु आवश्यक रहेको अध्यक्ष ओलीले प्रष्ट पारे ।

    जनताका कुरा सुन्न र जनतासँग प्रत्यक्ष भेटघाट गर्न नेकपा (एमाले) जनताको बीचमा आएको स्पष्ट गर्दै उनले भने, ‘समस्या के छन् र समाधान कसरी हुन्छ भन्ने सुझाव लिई योजना बनाउनका लागि यो यात्रा आयोजना गरिएको हो ।’

    Advertisement

    अभियानबाट एमालेले पहाडका समस्या र समस्या समाधानका उपायको बारेमा अनेक ज्ञान प्राप्त गरेको अध्यक्ष ओलीले जानकारी गराए ।

    यो ज्ञान र सीपलाई व्यावहारिक प्रयोगमा ल्याउन २०८४ मा नेकपा (एमाले)को एकल बहुमतको सरकार बन्नुपर्ने बताउदै त्यसका लागि अब पार्टी, पार्टीका कार्यकर्ता र नेपाली जनताले कुनै पनि गल्ती गर्न नहुने र गल्ती भयो भने देशको अस्तित्व नै सङ्कटमा पर्न सक्ने उनले बताए ।

    गठबन्धन सरकार कुहिएको फल जस्तै भएकाले अब यसको अन्त्य हुनुपर्ने बताउँदै अध्यक्ष ओलीले यो सरकार जति लामो गयो देशको लागि त्यति नै दुर्भाग्य हुने दावी गरे ।

    यसैगरी भोजपुर टेम्केमैयुङ गाउँपालिका कमिटीले अन्नपूणर्मा आयोजना गरेको जनभेटघाट कार्यक्रमका बोल्दै अध्यक्ष ओलीले नागरिकलाई व्यावसायिक सीप र तालिम आवश्यक रहेको बताएका छन । सीप विकास गरी कसरी आयआर्जन गर्न सकिन्छ भन्ने कुरामा ध्यान जानुपर्ने उनले बताए । यसअघि नेकपा (एमाले)को समृद्धिका लागि सङ्कल्प यात्रा टोली भोजपुर गर्दैगर्दा भोजपुर र खोटाङको सिमाना चखेवा भञ्ज्याङमा भव्य स्वागत गरिएको थियो ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »