संजय कुशवाहा
२४ मंसिर, नवलपरासी । शुभेच्छा बचत तथा ऋण सहकारी संस्था लि. को ११ औँ वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । प्रतापपुर गाउँपालिका वडा नं ७ गुठी सुर्यपुराको भलिबल खेल मैदानमा सहकारीको साधारणसभा सम्पन्न भएको हो ।
सभाको उद्घाटन गर्दै प्रमुख अतिथि जनता प्रगतिशील पार्टीका राष्ट्रिय अध्यक्ष एवं पुर्व मन्त्री हृदयेश त्रिपाठीले संस्थाको उन्नति र प्रगतिको कामना गर्दै देशमा असंख्य सहकारी अहिले धारासाही भएको अवस्थामा छ भने धेरै बचत कर्ताहरूको बचत जोखिममा परेको देखिन्छ तर यो सहकारी नेतृत्वको कारण र सेयर धनीको धैर्यता र ईमान्दारिताको कारण यो शुभेच्छा बचत तथा ऋण सहकारी अगाडि बढी राखेको बताए ।
उनले भने, ‘ यो हाम्रो लागि गर्भको विषय हो । केही व्यक्तिको प्रवृत्ति र गलत कामले केही संस्था बद्नाम हुनेतर्फ सचेत हुनुपर्नेछ ।’
Advertisement
उनले सहकारीको उचित मुल्यांकन अनुसार आफु सदैव सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरे ।
संस्थाका अध्यक्ष एवं कार्यक्रम सभापति भगवन्त प्रसाद धवलले प्रगति प्रतिवेदन पेस गर्दै शुभेच्छा बचत तथा ऋण सहकारी संस्थालाई सबल र सक्षम संस्थाको रूपमा निर्माण गरि सेयर सदस्यहरूलाई प्रदान गरिने सेवा सुविधा गुणात्मक तथा परिमाणात्मक रूपमा वृद्धि गरि यसलाई आधुनिक प्रविधिबाट सम्पन्न बनाई व्यवसायिकरण गर्ने उद्देश्यका साथ संस्थालाई अगाडि बढाएको बताए ।
संस्थाले युवा स्वरोजगार, कृषि, व्यापार, वैदेशिक रोजगार र पशुपालन,बाख्रा पालन,ब्युटी पार्लर र साना उद्योग जस्ता उत्पादन तथा सेवामूलक क्षेत्रमा लगानीलाई निरन्तरता दिदै जानेमा उनले जोड दिए । उक्त सहकारी संस्थामा आबद्ध शेयर सदस्यहरूलाई दिदै आएको क्रिया खर्च पाँच हजार र सुत्केरी स्याहार खर्च पच्चीस सय यो वर्ष पनि निरन्तरता दिइने जानकारी गराए ।
Advertisement
यस्तै, सहकारी संस्थाको आर्थिक प्रतिवेदन पेस गर्दै कोषाध्यक्ष बलवन्त कुर्मीले सहकारी अझै पनि आर्थिक रूपले अगाडि बढ्न सक्ने र सदस्यहरूको आर्थिक समृद्धिका लागि सहयोग गर्न सक्ने प्रशस्त स्थान रहेको बताए । साथै संस्थाले सामाजिक दायित्व पूरा गर्दै गत वर्ष जस्तै यसवर्ष पनि निःशुल्क आँखा शिविर सञ्चालन गर्ने र प्रतापपुर गाँउपालिकाको विभिन्न ४ ठाँउमा बस्ने बेञ्च राखेको जानकारी गराए ।
सभामा कोषाध्यक्ष कुर्मीले आ.व. ०७९/८० को आर्थिक प्रतिवेदन र ०८०/८१ को कार्ययोजना समेत प्रस्तुत गरेका थिए । शुभेच्छा बचत तथा ऋण सहकारी संस्थाले हाल सम्ममा २७ करोड ७३ लाख २५ हजार ७ सय १० रूपैयाँ ५० पैसाको कुल कारोबार गरेर ९५ लाख ४६ हजार ५ सय १८ रूपैयाँ शुद्ध नाफा कमाएको छ । हालसम्म उक्त सहकारीमा ४ हजार ७ सय ९ जना शेयर सदस्य रहेको व्यवस्थापक दिनेश कुमार कुर्मीले जानकारी दिए ।
Advertisement
सो कार्यक्रममा प्रदेश सभा सदस्य देवकरण कलवार, प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादव, वडा नं. ७ का वडाध्यक्ष हरेन्द्र यादव, गण्डक नियन्त्रण संघर्ष समितिका अध्यक्ष दुधनाथ, राष्ट्रिय सहकारी बैंकका संस्थापक सञ्चालक मुक्तिनाथ पाण्डे, कृषि विज्ञ देवेश कुमार मिश्र, नेफ्स्कुन शाखा कार्यालय भूमहीका शाखा प्रमुख नेत्र प्रसाद सापकोटा लगायतले शुभकामना मन्तव्य तथा संस्थाको उपाध्यक्ष अभिनन्दन सिंहले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रम संचालन संस्थाका सचिव भोला प्रसाद कुर्मीले गरका थिए ।
टिप्पणीहरू