Close sidebar
  • ताजा
  • लोकप्रिय
  • एनसेल प्रकरणमा ठूलो आर्थिक अपराधः अध्यक्ष ओली

    २४ मंसिर, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पुष्पलाल मध्यपहाडी लोकमार्गमा सञ्चालित ‘झुलाघाट- चिवाभञ्ज्याङः समृद्धिका लागि सङकल्प यात्रा’ नुवाकोट आइपुगेको छ ।

    अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अभियान टोली दसौँ दिन शनिबार बिहान गोरखाबाट धादिङ हुँदै नुवाकोट आइपुगेको हो ।

    Advertisement

    साँझ अबेर आइपुगेको टोलीलाई नुवाकोटमा भव्य स्वागत गरिएको छ । नेकपा एमालेका नेता, कार्यकर्ता, स्थानीय र शुभेच्छुकले टोलीलाई भव्य स्वागत गरेका हुन् ।

    नुवाकोटको बट्टारमा ठूलो सङ्ख्यामा पार्टीका नेता, कार्यकर्ता, स्थानीय र शुभचिन्तकले दिउँसो मध्यान्हदेखि यात्रा टोलीको प्रतीक्षा गरेका थिए ।

    Advertisement

    अध्यक्ष ओलीले बट्टारको कार्यक्रमलाई सम्बोधन गर्दै प्रतीक्षा, स्वागत र सम्मानप्रति धन्यवाद ज्ञापन गरे । अध्यक्ष ओलीले देशको राजनीतिमा अन्योलता र अराजकता व्याप्त रहेको र अर्थतन्त्र जर्जर रहेको यथार्थ बताए ।

    अध्यक्ष ओलीले पुष्पलाल मध्यपहाडी लोकमार्गलाई स्तरोन्नति गर्ने कुरामा एमालेको गम्भीर ध्यान गएको बताए । उक्त मार्ग नबन्दा व्यापार व्यवसायदेखि बिरामीको उपचारमा समेत समस्या परेको उनले बताए । नेपालका हरेक क्षेत्रको विकास र विस्तार तीब्र गतिमा हुनुपर्नेमा अध्यक्ष ओलीले जोड दिए ।

    Advertisement

    अब हिजोको जस्तो निर्वाहमुखी होइन, समृद्धिको यात्रामा अघि बढ्नुपर्ने बताउँदै यही सन्देश लिएर नेकपा (एमाले)ले मङ्सिर १४ गतेबाट अभियान शुरू गरेको उनले स्पष्ट पारे । यात्राको क्रममा राति १० बजेसम्म पनि नागरिकले पर्खिएर शुभकामना दिएको भन्दै अध्यक्ष ओलीले धन्यवाद दिए ।

    एमालेलाई सरकारबाट हटाएपछि देशको अर्थतन्त्र कुन अवस्थामा पुगेको छ भन्ने नेपालीले अनुभूत गरिरहेको उनले बताए ।
    उनले भने, ‘जे गरे पनि पाइने, जे गरे पनि हुने अवस्थामा देश पुगेको छ ।’

    Advertisement

    अहिले एनसेल कम्पनी प्रकरणमा ठूलो आर्थिक अपराधको काम भइरहेको उनले बताए । सन् २०२७ मा नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने कम्पनीले सो कुरा छल्नलाई कम्पनी अर्कालाई बेचेको नाटक गरिएको र यसबाट खर्बौको कारोबार अर्बमा गर्ने अत्यन्त अपराधपूणर् काम भएको अध्यक्ष ओलीले बताए ।

    देशलाई कङ्गाल बनाएर केही मानिसले ढुकुटी भर्ने यस्तो कमिसनको खेल बन्द गर्न उनले सरकारलाई आग्रह गरे । यो खेल नेकपा (एमाले) र नेपाली जनतालाई मान्य नहुने उनले स्पष्ट पारे ।

    वर्तमानमा गठबन्धन सरकार निकम्मा भएकाले यसको सरकारमा बस्ने हैसित नरहेको उनले बताए ।
    ‘यो सरकार अब देशको लागि अफाप सिद्ध भइसक्यो, सो सरकारलाई सत्तामा बस्ने अधिकार नै छैन’, उनल भने ।

    कार्यक्रम नेकपा (एमाले) नुवाकोटका अध्यक्ष बद्री मैनालीको अध्यक्षतामा भएको थियो । यसअघि विहान गोरखाबाट हिँडेको टोलीलाई आरुघाट र धादिङमा भव्य स्वागत गरिएको थियो ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »