२३ मंसिर, रौतहट । रौतहटमा खेत जोतिरहेका एक किसानको करेन्ट लागेर मृत्यु भएको छ ।
शनिवार बिजुलीको तार चुँडिएर लाग्दा खेत जोत्दै गरेका माधव नारायण नगरपालिका-७ लौकाहाका ५५ वर्षीय बैजु पण्डितको मृत्यु भएको हो ।
Advertisement
खेत जोतिरहेका उनी माथि ११ केभी लाइनको बिजुलीको तार चुँडिएर खसेर लागेपछि उनको घटनास्थलमै मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ । उनी संगै एउटा गोरूले पनि ज्यान गुमाएको छ । अर्को गोरू भने ज्यान बँचाएर भागेको बताइएको छ ।
घटनापछि मृतक पण्डितको परिवार र स्थानीयले विद्युत् प्राधिकरणको कमजोरीका कारण बिजुलीको तार चुँडिएको भन्दै शव उठाउन दिएका थिएनन् । तर सहमति पछि घटनास्थलको मुचुल्का गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर लगिएको छ ।
टिप्पणीहरू