Close sidebar
  • ताजा
  • लोकप्रिय
  • चार वर्षपछि सौरहामा हात्ती तथा पर्यटन महोत्सव हुदैँ

    २३ मंसिर, चितवन । चितवनको सौरहामा १७ औँ हात्ती तथा पर्यटन महोत्सव हुने भएको छ । सन् २०१८ देखि रोकिएको महोत्सव यस वर्ष पुनः शुरु गर्न लागिएको हो ।

    क्षेत्रीय होटल सङ्घ सौराहाको आयोजनामा यही पौष १० देखि पौष १४ गतेसम्म चित्रसारीको चौरमा हुने उक्त महोत्सवले अङ्ग्रेजी नयाँ वर्षमा पर्यटक भित्र्याउने उद्देश्य रहेको हात्ती तथा पर्यटन महोत्सवका संयोजक ओमप्रकाश पाण्डेले बताए ।

    Advertisement

    यस अघि कोरोनाका कारण हात्ती महोत्सव चार वर्ष देखि रोकिएको थियो । यसपटकदेखि नयाँ ढङ्गले गर्न लागिएको बताइएको छ । हात्तीको वनभोज, हात्ती सुन्दरी प्रतियोगिता मात्रै गर्ने योजनामा आयोजक रहेको छ । यससँगै डुङ्गा दौड, पर्यटकीय गोष्ठी र सेमिनार गरिनेछ ।

    यसपटक ३० निजीसहित ४० हात्ती वनभोजमा सहभागी गराइने युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले बताए ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »