२३ मंसिर, बाँके । पशुपति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले १७ औँ बार्षिक साधारणसभा शनिबार सम्पन्न गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको उक्त संस्थाको प्रधान कार्यालयले आर्थिक वर्ष २०७९/०८० मा ४ करोड २६ लाख ४ हजार ३ सय ८२ रुपैयाँ बराबारको कारोबार गरेको जनाएको छ ।
संस्थाले शेयर पुँजी ३३ लाख ७२ हजार ३ सय गर्न सफल भएको सस्थाका सभाअध्यक्ष ज्योति प्रसाद श्रेष्ठले जानकारी दिए ।
Advertisement
सहकारीको दिगोपन स्वनियम र सुशासन भन्ने मुल नारा सहित आयोजना गरिएको उक्त साधारणसभामा प्रमुख अतिथि नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ का वडाध्यक्ष दिपक कुमार वर्माले उद्वघाटन गरेका थिए ।
बाँकेमा पशुपति बहुउद्देश्यीय सहकारीले उत्कृष्ठ काम गरेर सबैको संस्था भएकाले सवै लाग्नमा पर्ने नेतृत्वदायि भूमिका खेल्नु पर्ने वडाध्यक्ष वर्माले बताए । यस सहकारीमा सवै आवद्ध भएर प्रदेश नम्बर ५ कै उकृष्ट बनाउन तर्फ लाग्नु पर्ने र जसले गर्दा संस्था मात्र नभएर जिल्लाको नाम समेत कृषि श्रेत्रमा अगाडि आउने उनको भनाई थियो ।
Advertisement
उनले भने, ‘यहाँका किसानले समयमा मल र बीउ नपाएको यस संस्थाले समयमा कृषकलाई मल र बीउ उपलब्ध गराउदै आएको छ ।’
राष्ट्रिय सहकारी बैंक लि. शाखा प्रमुख प्रकाश थपलियाले यस सहकारी संस्थाले विगतको तुलनामा धेरै प्रगति गरेको र आउने दिनमा जिल्ला कै उत्कृष्ठ संस्था भई अघि बढ्ने विश्वास ब्यक्त गरे ।
Advertisement
सहकारी संस्था लि.का सचिव दुमेन्द्र बहादुर गोसाईले सहकारीको संस्थागत श्रवय दृश्य माध्यमवाट संस्थाको वृत्तचित्र गरिएको गतिविधिवारे बताए ।
टिप्पणीहरू