Close sidebar
  • ताजा
  • लोकप्रिय
  • लुम्बिनी प्रदेश स्तरीय भ्रमणको सिलसिलामा उपेन्द्र यादव नेपालगञ्ज आउँदै

    १६ मंसिर, बाँके । जनता समाज पार्टीका अध्यक्ष एवं पुर्व उपप्रधानमन्त्री उपेन्द्र यादव आइतबार नेपालगञ्ज आउने भएका छन ।

    अध्यक्ष यादव लुम्बिनी प्रदेश स्तरीय भ्रमणको सिलसिलामा बाँके जिल्ला आउने कार्यक्रम रहेको नेपालगञ्ज स्थित पार्टी शचिवालयले जनाएको छ ।

    Advertisement

    केन्द्रिय अध्यक्ष नेपालगञ्ज आउने क्रममा स्वागत तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर एवं जसपा बाँकेका अध्यक्ष कमरुद्दिन राईले जानकारी दिए ।

    केन्द्रिय अध्यक्ष यादवले आइतबार विहान जिल्ला समन्वय समितिको हलमा स्वागत पश्चात कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको उपप्रमुख राईले जानकारी गराए ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »