Close sidebar
  • ताजा
  • लोकप्रिय
  • घुस रकम सहित ईप्रका मैनापोखरका प्रहरी नायब निरीक्षक साउद अख्तियारको नियन्त्रणमा

    १२ मंसिर, बाँके । ईलाका प्रहरी कार्यालय मैनापोखर, बर्दियामा कार्यरत प्रहरी नायब निरीक्षक पवन साउदलाई घुस रकम सहित अख्तियारले नियन्त्रणमा लिएको छ ।

    बर्दियाको बढैयाताल गाउँपालिका वडा नं. ६ मैनापोखर स्थित ईलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक पवन साउदले लागू औषधको मुद्दा मिलाइदिने कार्यमा सहजीकरण गरिदिने प्रयोजनको लागि सेवाग्राही सँग घुस/रिसवत माग गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सूचना अधिकारी भोला दाहालले जानकारी गराए ।

    Advertisement

    उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले साउदलाई नियन्त्रणमा लिएको हो ।

    प्रहरी नायब निरीक्षक साउदलाई सेवाग्राहीबाट तीस हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकम सहित ईलाका प्रहरी कार्यालयको मुद्दा शाखाबाट आज नियन्त्रणमा लिएको हो । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »