९ मंसिर, काठमाडौँ । हमासले बन्धक बनाएका नेपालका विपिन जोशीको सकुशल रिहाइमा सघाउन प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ ले कतार सँग आग्रह गरेका छन ।
नेपालको औपचारिक भ्रमणमा रहेका कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल-मुरैखीसँग शुक्रबार भएको भेटमा प्रधानमन्त्रीले आग्रह गरेका थिए ।
Advertisement
मानवीय सहायता परिचालन तथा बन्धक बनाइएकाहरूको रिहाइका निम्ति कतारको मध्यस्थतामा गाजामा भएको युद्धविरामको प्रधानमन्त्रीले प्रशंसा गर्दै जोशीको रिहाइमा सघाउन अपिल गरे ।
यस्तै, परराष्ट्रमन्त्री एनपी साउदले पनि राज्यमन्त्री मुरैखीसँगको भेटमा जोशीको रिहाइका लागि सहयोग गर्न आग्रह गरे । नेपालको आग्रहलाई सकारात्मक रुपमा लिँदै कतारी राज्यमन्त्रीले विपिनको रिहाइका लागि प्रयास गर्ने आश्वासन दिएका छन ।
Advertisement
तस्विर : रासस
टिप्पणीहरू