Close sidebar
  • ताजा
  • लोकप्रिय
  • भारतले तेस्रो पटक पठाएको राहत सामग्री नेपालगञ्जमा

    २३ कार्तिक, बाँके । भारत सरकारले भूकम्प प्रभावितका लागि पठाएको तेस्रो पटकको आपतकालिन राहत सामग्री नेपालगञ्ज आईपुगेको छ ।

    हालै जाजरकोट र पश्चिम रुकुममा गएको भूकम्पबाट प्रभावित भएका पीडितहरुका लागि भारतले विशेष सैनिक विमानबाट पठाएको राहत सामाग्री नेपालगञ्ज आईपुगेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।

    Advertisement

    उनका अनुसार आज बेलुका तेस्रो खेपमा आएको उक्त राहत सामग्री भारतीय दुतावासका प्रथम सचिव नविन कुमारले बाँकेका प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरेका हुन ।

    प्रजिअ पोखरेलले जानकारी गराउदै भने, ‘प्राप्त भएको राहत सामग्री बाँके प्रशासनमा जम्मा भएको राहत सामग्री जाजरकोट र रुकुम पश्चिममा राति पठाउने योजना छ ।’

    Advertisement

    भारतले तेस्रो खेपमा २४ थान ठूलो टेन्ट, १२ थान फिटिङ्स टेन्ट, २९ सय थान स्लिपिङ ब्याग, २८ सय थान ब्ल्याङक्ेट, ६० थान सानो खालको टेन्ट, ६० थान फिटिङ्स, सय किलो मेडिकल सप्लाई पठाएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »