Close sidebar
  • ताजा
  • लोकप्रिय
  • भूकम्प : बाँकेमा उपचाररत विरामीहरु अवस्था सुधारोन्मुख

    १९ कार्तिक, बाँके । जाजरकोट र पश्चिम रुकुममा गएको भुकम्पबाट प्रभावित विरामीहरुलाई उपचारका लागि नेपालगञ्ज ल्याउने क्रम जारी रहेको छ ।

    नेपालगञ्ज स्थित भेरी अस्पतालमा गएराति १२ बजेर ५० मिनेटमा थप ६ जना बिरामी एम्बुलेन्सबाट उपचारको लागी ल्याईएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

    Advertisement

    जसमध्ये २ जना भेरी नगरपालिका जाजरकोटका र ४ जना सानीभेरी रुकुमका रहेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिए ।

    यस संगै हाल सम्म बाँके जिल्लामा उपचारका लागि ल्याइएका घाइतेको संख्या ३९ पुगेको छ । उपचाररत घाइते मध्ये ३७ जनाको भेरी अस्पताललाई डेडिकेटेड अस्पताल बनाईएको छ । एक जनाकोे कोहलपुर मेडिकल कलेजमा उपचार भैरहेको छ । उपचारका लागि बाँके ल्याइएका मध्ये एक जनाको शनिवार नै मृत्यु भइसकेको छ ।

    Advertisement

    कोहलपुर मेडिकल कलेजमा उपचाररत एक जना घाइतेलाई पनि आजै डेडिकेटेड अस्पताल भेरी मै ल्याउने तयारी गरिएको छ ।
    प्रजिअ अनुसार उपचाररत घाइते मध्ये ५ जनाको राती १२ बजे नै सफल अपरेसन भएको छ । घाइते उपचाररत बिरामीको अवस्था सुधारोन्मुख र खतरामुक्त रहेको छ ।

    अस्पताल आइपुग्नु अघि नै मृत्यु भएका एक जनाको शव आज बिहान ७ बजे नलगाड-१, जाजरकोट पठाइएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »