१८ कार्तिक, रामेछाप । पूर्व अरनिको यातायतले जाजरकोट र पश्चिम रुकुमका भूकम्प प्रभावित व्यक्तिहरुका लागि ४ वटा बस नि:शुल्क गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको पहलमा राजधानीमा बसोबास गरिरहेका जाजरकोटका लागि २ बस पश्चिम रुकुमका लागि २ बस नि:शुल्क उपलब्ध गराएको पूर्व अरनिको यातायात सेवा समितिका अध्यक्ष केदार क्षेत्रीले स्वास्थ्य मन्त्री बस्नेतको आग्रहपछि सामाजिक उत्तरदायित्व अन्तरगत समितिले ४ वटा बस नि:शुल्क उपलब्ध गराएको जानकारी दिए ।
Advertisement
भूकम्प प्रभावित क्षेत्र जाजरकोट र पश्चिम रुकुमका व्यक्ति आर्थिक अभावले घर जान नसकेको अवस्था भए सम्पर्क गर्न पनि पूर्व अरनिको यातायातले आग्रह गरेको छ । जाजरकोट र पश्चिम रुकुममा हिजो राती आएको भूकम्पमा परेर अहिलेसम्म १३० भन्दा बढीले ज्यान गुमाइसकेको छन् ।
टिप्पणीहरू