१८ कार्तिक, बाँके । गएराति जाजरकोट केन्द्र बिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भुकम्प प्रभावित क्षेत्रमा खोज, राहत, उद्धार र उपचारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यकर्मीको टोली सहित गएका छन । नेपाली सेनको १६ जना मेडिकल टिम र आवश्यक सामग्री सहित प्रभाबित क्षेत्रमा गएका हुन ।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बिहानैदेखि घाइतेको खोज र उपचारका लागि सुर्खेतबाट तीन वटा हेलिकप्टर परिचालन गरिएका छन् ।
Advertisement
‘जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति चार पटक ६.४,४.८,४.२, ४.३ म्याग्निच्युडको भूकम्पका कारण रूकुम पश्चिम र जाजरकोटका सयौको मृत्यु र घाइते भएको खबरले अत्यन्त मर्माहित बनायो’’, प्रधानमन्त्रीको निजी सचिवालयले भनेको छ । घाइतेहको तत्काल खोज तथा उद्धारका लागि सुरक्षाका तीनवटै निकाय, स्थानीय पालिकाका प्रतिनिधि, स्थानीय युवाहरू लाग्नुभएको छ ।’
प्रधानमन्त्री कार्यालयले सयौंको मृत्यु भएको उल्लेख गरे पनि एकिन विवरण आइसकेको छैन ।
Advertisement
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ठूलो भूकम्पपछि लगातार परकम्प गएका छन् ।


















टिप्पणीहरू