Close sidebar
  • ताजा
  • लोकप्रिय
  • भुकम्पमा परेर घाइतेहरुको उपचारका लागि नेपालगञ्ज तयार अवस्थामा

    १८ कार्तिक, बाँके । गएराति जाजरकोट केन्द्र बिन्दु भएर ६.४ म्याग्निच्युडको भुकम्प गएको छ । भुकम्पमा परेर गंभिर घाईते भएकाहरुको उपचारका लागि बाँके प्रशासनले बिहान ३ बजे बाटै तयारी थालिएको जनाएको छ ।

    नेपालगञ्ज स्थित रहेको भेरी अस्पताल नेपालगञ्जलाई उपचारको लागि डिडिकेटेड अस्पताल बनाईएको जिल्ला प्रशासन कार्यालयका जिल्ला प्रमुख श्रवण कुमार पोखरेलले जानकारी दिए ।

    Advertisement

    उनले ब्याक्तिगत पहलमा उपचारका लागि आउने घाइतेहरुको आफन्तजनको सहजताको लागि फोकल पर्सन नरेश श्रेस्ठलाई तोकिएको छ ।

    कोहलपुर मेडिकल कलेजलाई पनि तयारी अवस्थामा राखिएको छ । भेरी अस्पताल, सैनिक असपताल र प्रहरी अस्पतालको १ सय ५ वटा बेड तयारी अवस्थामा राखिएको छ । पर्याप्त मात्रामा डक्टर, नर्शिङ स्टाफ र लजिस्टिकको समेत प्रबन्ध मिलाईएको जिल्ला प्रशासनले जनाएको छ ।

    Advertisement

    हेलिकप्टरबाट आउने बिरामीहरुको लागि रांझा बिमानस्थल र आर्मिको हेलिप्याडमा गरी २/२ वटा एम्बुलेन्स तैनाथ गरिएको छ ।

    प्रजिअ अनुसार ब्लडको मौज्दात रहेको छ, अपुग भएमा फ्रेश ब्लड आपुर्तिको लागि रक्तदाता सुरक्षाकर्मीको ब्यवस्था मिलाईएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »