Close sidebar
  • ताजा
  • लोकप्रिय
  • बाघको आक्रमणबाट बर्दियाको चिरौटे बनमा एक महिलाको मृत्यु

    १७ कार्तिक, बर्दिया । बाघको आक्रमणबाट बर्दियामा एक महिलाको ज्यान गएको छ । बर्दियाको मधुबन नगरपालिका ५ गाँउ नं. १० स्थित चिरौटे सामुदायिक बनमा शक्तिपुर बस्ने २८ वर्षिय गायत्री डाँगीलाई बाघले आक्रमण गर्दा उनको मृत्यु भएको हो ।

    उनी विहान साढे १० बजे बाख्रा चराउन र घाँस दाउरा लिन गएकी थिइन । सोही अवस्थामा पाटे बाघले आक्रमण गरेको दिउँसो सवा ३ बजेको समयमा ईलाका प्रहरी कार्यालय सानोश्री बर्दियामा रिर्पोट भए लगत्तै प्रहरीको टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको हो ।

    Advertisement

    प्रहरी निरीषक सहितको टोली तथा स्थानीय नागरिकहरुको समन्वयमा खोजतलास गर्ने क्रममा बाघको आक्रमणबाट डाँगी बनमा मृत अवस्थामा फेला परेको सूचना अधिकारी एवं प्रहरी नायब उपरीषक तुल्सीराम अर्यालले जानकारी दिए ।

    उनका अनुसार बर्दिया जिल्ला अस्पताल गुलरियामा पोष्टमार्टम पश्चात आफन्तको जिम्मा लगाईएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »