६ कार्तिक, काठमाडौँ । काठमाडौँको नयाँ बजारमा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ ।
काठमाण्डौ महानगरपालिका-१६ नयाँबजार डेरा गरी बस्ने बारा मधुवन नगरपालिका-१ घर भएकी ३४ वर्षीया लिलावती चौघरीको करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको हो ।
Advertisement
नयाँबजारमा रहेको आफ्नै होटलमा फ्रिज चलाउने क्रममा आइतबार करेन्ट लागेर गम्भीर घाइते भएकी उनको शिक्षण अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू