Close sidebar
  • ताजा
  • लोकप्रिय
  • प्रमुख निर्वाचन आयुक्त र युरोपियन युनियन महामहिम राजदुत बीच भेटवार्ता

    २ कार्तिक, काठमाडौँ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया सँग युरोपियन युनियनका महामहिम राजदुत H.E. Ms. Lorenzo Veronique ले बुधबार शिष्टाचार भेट गरेकी छन ।

    निर्वाचन आयोग र युरोपियन युनियन बीचमा विगत दुई दशकयता भएका कार्यगत सम्बन्धहरूको समीक्षा गर्दै आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई थप प्रभावकारी बनाउने विषयमा प्रमुख निर्वाचन आयुक्त र महामहिम राजदुत बीच छलफल भएको थियो । छलफलमा निर्वाचन व्यवस्थापन प्रकृयाको समग्र सुधारको निम्ति आयोगले तयार गरेको कार्ययोजनाका बारेमा अवगत गराइएको उपसचिव श्रीधर पन्थीले नाईल खबरलाई जानकारी दिए ।

    Advertisement

    उक्त व्यवस्थापन सुधार कार्ययोजना कार्यान्वयन गर्न युरोपियन युनियन इच्छुक रहेको महामहिमले व्यक्त गरेकी थिइन ।

    भेटघाटमा निर्वाचन आयोगको सचिवालयका कर्मचारीहरू सहसचिव रमेश ढकाल, उपसचिव डा थानेश्वर भुसाल, शाखा अधिकृत श्रवणकुमार लुइटेल तथा परराष्ट्र मन्त्रालयका प्रतिनिधि विजयराज तण्डुकार समेतको सहभागिता रहेको थियो ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »