२७ असोज, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २१ मा बाल विवाह अत्ययका लागि बाल संरक्षण पवद्र्धन कार्यक्रम सम्पन्न गरिएको छ ।
वडाध्यक्षको मुख्य उपस्थितीमा शनिवार बाल विवाह अन्त्य तथा बालसंरक्षण प्रवद्र्धनका लागि सरोकारवालाहरुको भूमिका विषयक अन्र्तक्रिया गरिएको हो ।
Advertisement
बालबिवाह र लैँगिक हिंसा मुक्त गर्ने उद्देश्यले सिद्धांर्थ सामाजिक बिकास केन्द्रले आयोजना गरेको अन्तरक्रियामा सरोकारवालाहरुको भूमिका विषयमा छलफल गरिएको थियो । कार्यक्रम संचालक नारायण घिमिरे अनुसार बिश्वको ५० प्रतिशत बालबिवाह दक्षिण एसियामा र नेपाल त्यसको तेस्रो स्थानमा रहेको तथ्यांक छ ।
यसको साथै ३६ प्रतिशत किशोरीहरुको बिवाह १८ वर्ष नपुग्दै भईरहेको छ भने १० प्रतिशत किशोरहरुको बिवाह पनि २० वर्ष नपुग्दै भईरहेको पनि उनले जनकारी बताए ।
Advertisement
२०३० सम्म नेपाललाई बालबिवाह मुक्त बनाउन नेपाल सरकारले अन्तराष्ट्रिय स्तरमा प्रतिबद्धता गरेको छ । नेपालमा लैंगिक हिंसा र बालबिवाह एक बिशेष समस्या र रोकथाम गर्न थप चुनौती छ । यस कारण पनि देशको आर्थिक स्तर उक्सन बिकासले गति लिनसकेको छैन । यो एक प्रमुख बाधाको हो ।
यता वड़ाध्यक्ष साहुले बालबिवाह र लैंगिक हिंसा रोकथामका लागि वडा सक्रिय रहेको जनाएका छन । देशको २०३० अभियान सफल पार्न आफु वडास्तरबाट सघाउने प्रतिवद्धता जाहेर गरे ।
Advertisement
बिनीता रेगमी, उषा लिम्बु, जनप्रतिनिधि, स्थानीय लगायतको उपस्तिथि रहेको थियो ।
टिप्पणीहरू