२६ असोज, काठमाडौँ । नेपाल सरकारले २ सय ५४ जना नेपालीलाई इजरायलबाट सकुसल उद्धार गरेर नेपाल ल्याएको छ ।
बिहीवार नेपाल वायु सेवा निगमको नाइनएन-एएलजेड एअरबस ३३० विमानबाट उनीहरूलाई काठमाडौँ ल्याइएको हो । बिहीवार बिहान काठमाण्डौ आइपुगेका उनीहरु निकै खुसी देखिएका छन । उनीहरुलाई लिनका लागि शुक्रबार परराष्ट्रमन्त्री नारायण प्रकाश साउद सहित सरकारी अधिकारीहरु इजरायल गएका थिए ।
Advertisement
उनीहरू राति साढे १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । उद्धारपछि आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री साउदले जानकारी गराउदै इजरायलबाट नेपाल फर्कन चाहना राखेका ५ सय ३ जनामध्ये २ सय ५४ जनालाई नेपाल फर्काएको र अरुलाई पनि छिट्टै नेपाल ल्याइने बताए ।
द्वन्द्वग्रस्त गाजासँग सीमाना जोडिएको इजरायलको दक्षिणी क्षेत्रमा शनिवार बिहानदेखि हमास समूहको आक्रमण सुरु भएपछि त्यहाँ रहेका नेपाली विद्यार्थीहरू अलपत्र परेका थिए ।
Advertisement
हमास समूहको आक्रमणमा परेर दश जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने एक जना विद्यार्थी अझै सम्पर्कविहीन छन् ।
तस्बिर : सुजन दाहालको फेसबुकबाट

















टिप्पणीहरू