Close sidebar
  • ताजा
  • लोकप्रिय
  • बाँकेका ८ स्थानीय तहले तिरेनन् २२ करोड ८५ लाख विद्युत महशुल, कुन पालिकाकाे कति ?

    २१ असोज, बाँके । बाँकेका आठ वटै स्थानीय तहले विद्युत महशुल नतिरेपछि नेपाल विद्युत प्राधिकरणले कारवाही गर्ने चेतावनी दिएको छ ।

    नेपाल विद्युत प्राधिकरणले स्थानीय तहहरूले सडकबत्तीका लागि विद्युत शक्ति उपभोग गरेबापत गत असार मसान्त सम्मको रकम नतिरेपछि अबको ४५ दिन भित्र विद्युत महशुल नतिरे कारवाही गर्ने चेतावनी दिएको हो ।

    Advertisement

    प्राधिकरणका अनुसार ४५ दिनभित्र रकम नबुझाएमा विद्युत महशुल सङ्कलन विनियमावली, २०७८ को विनियम १० को बमोजिम कारबाही गर्ने प्राधिकरणले चेतावनी दिएको छ । प्राधिकरणका अनुसार बाँकेका ८ स्थानीय तहले २२ करोड ८५ लाख ३१ हजार ८४ रुपैँया विद्युत महशुल बुझाउन बाँकी रहेको छ । नेपालगञ्ज उप महानगरपालिकाले सबै भन्दा बढी १९ करोड ४५ लाख ८ हजार १९ रुपैयाँ विद्युत महशुल तिर्न बाँकी छ ।

    यस्तै, कोहलपुर नगरपालिकाले ५ लाख ९८ हजार ६ सय ४४, बैजनाथ गाउँपालिकाले ६३ हजार ७०, राप्तीसोनारी गाउँपालिकाले १५ हजार ७ सय ७, खजुरा गाउँपालिकाले ५ हजार ७ सय ७८, डुडुवा गाउँपालिकाले १ करोड ९४ लाख ५८ हजार १९, नरैनापुर गाउँपालिकाले १ लाख २३ हजार ७ सय ५०, जानकी गाउँपालिकाले १४ लाख ४९ हजार ३ सय ६८ रुपैयाँ विद्युत महशुल तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

    Advertisement

    प्राधिकरणले अनुमति नलिई बिना मिटर आफूखुसी जथाभावी सडकबत्ती जडान गर्ने कार्य कानून सम्मत नरहेकोले सो कार्य नगर्न आग्रह गरेको छ । साथै बिना मिटर जडान गरिएका सडक बत्तीहरू सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी ४५ दिनभित्र नियमानुसार मिटर जडान गर्न आग्रह गरेको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »