Close sidebar
  • ताजा
  • लोकप्रिय
  • एकआपसमा मिलेर बसौं र एकअर्का प्रति सम्मान गरौं : उपमेयर कमरुद्दिन राई

    १९ असोज, बाँके । नेपालगञ्जको दोहोरी रहेको घटनाको विषयमा नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दिन राईले एकआपसमा मिलेर बस्नुपर्ने र एकअर्का प्रति सम्मान गर्न अपिल गरेका छन ।

    उनले एक साता अगाडिको नेपालगञ्ज र अहिलेको नेपालगञ्जको तुलना गर्दै भने, ‘एक हप्ता अगाडीको चहलपहल र खुसी यतिबेला हराईसकेको छ ।’

    Advertisement

    उनले एकअर्का प्रति भ्रममा नपर्न आग्राह समेत गरेका छन । सोसल मिडियामा आएको भ्रमित सामाचारमा नपर्न समेत उनले आग्रह गरे । हासी खुसी बस्दै आएका समुदाय बीच एकअर्का प्रति घृणा फैलाउन फेक आईडी प्रयोग भईरहेको हुदाँ त्यस्तो भ्रमलाई सबैले मिलेर चिर्नुपर्ने उपमेयर राईको भनाई छ ।

    Advertisement

    उनले भने, ‘एकअर्कालाई लडाउनको लागि फेक आईडीबाट फेक न्यूज गरिरहेका छन । जसको कुनैपनि सत्यता पनि छैन ।’

    धर्मको नाममा समाजमा उदण्ड मच्चाउनेहरुलाई पहिचान गरेर प्रशासनको जिम्मा लगाउनुपर्छ । त्यसको लागि प्रशासनलाई खबर गनुपर्ने उनले बताए ।

    Advertisement

    उनले सोसल मिडिया प्रयोगकर्ताहरुलाई अनुरोध गर्दै यस्ता गतिविधि नगर्न आग्रह गरे । उनलले भने, ‘लेखेर फरार हुने, भागिहाल्ने र समुदाय बीच डरत्राश फैलाउने काम बन्द गर्न अपिल गर्न चाहन्छु ।’

    यस अघि बसेको सर्वदलिय बैठकमा दुवै समुदायको मिलेर बस्ने र गलत गतिविधि गर्ने माथि कडा कार्वाही हुने निणर्य भएको उपमेयर राईले बताए ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »