१९ असोज, बाँके । बाँकेको नेपालगञ्जमा आज निजामती सेवाका कर्मचारीहरुले अत्यावश्यक सेवा बाहेक अन्य कामकाज ठप्प पार्ने गरी अनिश्चितकालीन पेन डाउन गरेका छन । नेपालगञ्ज उपमहानगरपालिकाको कार्यालयमा केन्द्रिय संघर्ष समितिको दवावमुलक कार्यक्रमलाई लाई ऐक्यवद्धता जनाउदैँ पेन डाउन गरेका हुन ।
नेपालगञ्ज उपमहानगरपालिका सहित यस अन्र्तगत २३ वटै वडाहरुका कर्मचारीले आन्दोलन स्वरुप पेन डाउन गरेका हुन । उनीहरुले नगरभवनको प्राङगणमा विरोध अनुरुप धर्ना दिएका थिए ।
Advertisement
नेपालगञ्ज उपमहानगरपालिकामा शुक्रबार विहान १० बजे कर्मचारीहरु जम्मा भएर सरकारलाई दवाव दिदैँ पेन डाउन गरेका कार्यक्रम संयोजक तेजेन्द्र रोकायले जानकारी दिए ।
देशभरीका सबै स्थानीय तहरुमा अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवा प्रवाह नगर्नेगरी शुक्रबार अनिश्चितकालीन पेन डाउन गर्ने स्थानीय संघर्ष समितिको कार्यतालिका रहेको थियो ।
Advertisement
नेपाल सरकार मन्त्री परिषदको गत भदौ २१ गते बसेको बैठकबाट संघीय निजामती विधेयक २०८० पारित गरी संसदमा पेश गर्ने निणर्य भएको थियो । उक्त विधेयकमा स्थानीय कर्मचारीहरुको सेवा सुरक्षा लगायतका विषयहरु अस्पष्टता रहेको देखिएको संघर्ष समितिले जनाएको छ ।
जस कारण काठमाण्डौं केन्द्रीय आन्दोलनका कार्यक्रम गर्ने कार्यतालिका रहेकोमा नेपालगञ्ज स्थानीय सङ्घर्ष समिति गठन भएको हो । केन्द्रीय समितिले घोषणा गरेको २० बुँदे माग अघि सारिएको हुँदा उक्त मागहरुलाई ऐक्यबद्धता जनाउदैँ नेपालगञ्ज उपमहानगरपालिका सहित यस अन्तर्गतका २३ वटै वडाका कर्मचारीहरुको सहभागी रहेको संयोजक रोकायले जानकारी दिए ।
Advertisement
उनले जनताको सबैभन्दा नजिक रहेर काम गर्ने जनताको नजिकको सारथीका रुपमा रहेको स्थानीय सरकार र सो अन्तर्गत कार्यरत रहेका स्थानीय कर्मचारीहरुको हौसला बढाउनुपर्नेमा कार्मचारीहरुकै मानमर्दन हुनेगरी ऐन विहिनताको अवस्था सिर्जना भएको बताएका छन ।
टिप्पणीहरू