Close sidebar
  • ताजा
  • लोकप्रिय
  • बझाङ भूकम्प अपडेट : एक जनाको मृत्यु, १३५ घर भत्किए

    १७ असोज, बझाङ । मंगलबार गएको भूकम्पबाट बझाङमा एक जनाको ज्यान गएको छ । जयपृथ्वी नगरपालिका-११ ओखलकी ४० वर्षीया गुनमति धामीको ज्यान गुमाएको प्रहरीले जनाएको छ ।

    भूकम्प पछिको पहिरोमा परेर धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक दिपेश चौधरीले जानकारी दिए । उनका अनुसार प्रहरी टोली घटनास्थलमा गएको छ । भूकम्पबाट ११ जना घाइते भएका छन् । दुई जना उपचार पछि घर फर्किएका छन् भने नौ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

    Advertisement

    प्रहरीका अनुसार भूकम्पबाट बझाङमा एक सय ३५ संरचनामा क्षति पुगेको छ । थलारामा ६० घरमा क्षति पुगेको छ । केदारस्यूँमा एक, वित्थडचिरमा दुई तथा बुङ्गल नगरपालिकामा चार घर पूणर्रूपमा क्षति भएका छन् । जयपृथ्वी नगरपालिकामा ४१ घरमा क्षति पुगेको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »