३० साउन, बाँके । नेपालगञ्ज उद्योग वाणिज्य संघको नेतृत्वका लागि साझा प्रजातान्त्रिक समूहबाट अध्यक्ष पदका उम्मेदवार ललित कुमार रौनियारले व्यवसायीक क्षेत्रमा आन्तरिक ओसार पसार लगायतका विषयमा रहेको जटिलतालाई सहजिकरण गर्न सबै तहका सरकार संग समन्वय गर्ने बताएका छन ।
चुनावी अभियानलाई तिब्रता दिदैँ मंगलबार उद्योगी व्यवसायीहरु संग भेटघाट क्रममा यस्तो बताएका छन ।
Advertisement
उनले जिल्ला भरीका उद्यमी व्यवसायिहरूका विवरण अद्यावधिक रूपमा संकलन गर्ने र सबै प्रकारका सदस्यरूको समस्याहरूको पहिचान गरि कर, भन्सार, स्थानीय कर, आन्तरिक ओसार पसार लगायतका विषयमा रहेको जटिलतालाई सहजिकरण गर्नका लागि सरकार संग समन्वय गर्ने बताए ।
उनले भने, ‘यो नेतृत्वले स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय, आन्तरिक राजश्व कार्यालय, भन्सार कार्यालय तथा अन्य सरकारी कार्यालयहरू सगँ समन्वय गरी यस्ता जटिल समस्याको हल खोजिने छ ।’
टिप्पणीहरू