Close sidebar
  • ताजा
  • लोकप्रिय
  • घरवारीटोलमा साझा प्रजातान्त्रिक

    २५ साउन, बाँके । नेपालगञ्ज उद्योग वाणिज्य संघको नेतृत्वमा साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहलाई लैजाने मतदाताहरुले प्रतिबद्धता जनाएका छन् ।

    साझा प्रजातान्त्रिक समूहका उम्मेदवारहरुले बिहीबार नेपालगञ्जको घरवारीटोलका मतदाताहरुसंग भेट्ने क्रममा यस्तो प्रतिबद्धता जनाएका हुन ।

    Advertisement

    संघको आगामी नेतृत्वका लागि निर्वाचनमा होमिएको साझा प्रजातान्त्रिक समूहबाट अध्यक्ष पदका उम्मेदवार ललित कुमार रौनियार लगायतको समूहसंग घरवारीटोलका व्यवसायीहरुले संघको नेतृत्व नयाँ व्यक्तिले पाउनुपर्ने भन्दै आफुहरुको भोट परिवर्तनका लागि हुने जनाए ।

    परिवर्तनका लागि नेतृत्व भन्दै आएको साझा प्रजातान्त्रिक समूह नै धेरैको रोजाईमा देखिएका छन् । घरवारीटोलमा रहेका थोक तथा फुटकर व्यवसायीहरुले सधै एकै क्षेत्रको नेतृत्व नभएर फरक क्षेत्रको समेत नेतृत्व हुनुपर्ने र अब रौनियारको नेतृत्व हेर्न चाहेको धारणा राखेका थिए ।

    Advertisement

    थोक तथा फुटकर व्यवसायीहरुको समस्या सम्बोधन गर्नसक्ने नेतृत्व साझा प्रजातान्त्रिक समूह भएको हुँदा हामी व्यवसायीहरुको साथ अब यो समूहलाई नै हुने एक व्यवसायीले भने ।

    संघको निर्वाचन यही भाद्र २ गते तय भइसकेको छ भने निर्वाचन समितिले बुधबार उम्मेदवारको अन्तिम नामावाली प्रकाशन गरेको छ ।

    Advertisement

    वाणिज्य संघको निर्वाचनमा यो पटक साझा प्रजातान्त्रिक समूहतर्फ मतदाताको लहर देखिएको छ । सबैको समान सहभागिता र सबै अटाउने नेतृत्व भनेको साझा प्रजातान्त्रिक समूह रहेको पनि मतदाताहरु भन्छन् ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »