Close sidebar
  • ताजा
  • लोकप्रिय
  • बैजनाथका उद्याेगी व्यवसायी संग भेटघाट गर्दै प्रजातान्त्रिक समूह

    २० साउन, बाँके । नेपालगञ्ज उद्याेग वाणिज्य संघकाे नयाँ नेतृत्वकाे लागि चुनावी मैदानमा उत्रिएकाे साझा प्रजातान्त्रिक उद्याेगी व्यवसायी समूहले बैजनाथ गाउँपालिकामा मतदाताहरू सँग भेटघाट गरेकाे छ ।

    बैजनाथ अन्तर्गतका चादनी, सम्झना, जी गाउँ, चिसापानी क्षेत्रका व्यवसायीसँगकाे भेटघाटमा काेहलपुर क्षेत्रका उद्याेगी व्यवसायीहरूले समेत प्रजातान्त्रिक समूहलाई सहयाेगकाे लागि अपिल गरेका छन् । ललित राैनियार नेतृत्वकाे समूहलाई सहयाेगका लागि काेहलपुर क्षेत्रका प्रतिष्ठित व्यवसायी लक्ष्मणराज पाैडेल, चण्डी गैरे, शरद रेग्मी, मातृका सापकाेटा लगायतका उद्याेगी व्यवसायीहरूले मतदाताहरूलाई सहयाेगकाे लागि अपिल गरेका छन् ।

    Advertisement

    मतदाता भेटघाटकाे क्रममा आफूहरूका  साझा समस्या समाधान र व्यवसायिक हक हित सुनिश्चितताका लागि लाेकतान्त्रिक समूहलाई सहयाेग गर्ने बैजनाथ क्षेत्रका व्यवसायीहरूकाे धारणा आएकाले उत्साहित बनेकाे अध्यक्ष पदका उमेद्वार राैनियारले बताए ।

    यता प्रजातान्त्रिक समूहकाे जीत सुनिश्चित रहेको महासचिव पदका उम्मेद्वार टंक प्रसाद शर्मा बताउँछन् ।

    Advertisement

    उनले भने, ‘हाम्राे समूहलाई सहयाेग गर्न काेहलपुर क्षेत्रका प्रतिष्ठित उद्याेगी व्यवसायीहरू स्वत:स्फूर्त रूपमा घरदैलाे तथा मतदाता भेटघाटमा सरिक भएपछि हाम्राे समूहकाे जीत सुनिश्चित हुनेमा हामी विश्वस्त छाैं ।’

    पछिल्लाे समय प्रजातान्त्रिक समूहले मतदाता भेटघाट तथा घरदैलाे अभियानलाई तिब्र पारेको छ ।

    Advertisement

    आसन्न भदौ २ गते हुने नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचनका लागि प्रजातान्त्रिक समुहको तर्फबाट ललित कुमार रौनियारको नेतृत्वमा १९ सदस्यीय प्यानल चुनावी मैदानमा उत्रिएकाे छ ।

    उक्त प्यानलबाट अध्यक्ष पदमा ललितकुमार रौनियार, वाणिज्य तर्फको उपाध्यक्षमा विष्णुप्रसाद श्रेष्ठ, उद्योगतर्फको उपाध्यक्षमा मोहम्मद सफिक वेहना र महिला उपाध्यक्षमा करिश्मा योगीको उम्मेदवारी रहेकाे छ ।

    Advertisement

    यस्तै, संघको महासचिवका लागि टंकप्रसाद शर्मा, उप-महासचिवका लागि टेकबहादुर खड्का र कोषाध्यक्षमा मख्खन बहादुर धामी  सहित सदस्यहरुमा सुनिल भण्डारी, शिवप्रसाद दाहाल, विवेक कुमार श्रेष्ठ, सन्तोष कुमार पौडेल, युवराज ढकाल, प्रमोद कुमार अग्रबाल, पदम श्रेष्ठ, कैफुल वरा जोलाहा, अतुल कुमार गुप्ता, बलबहादुर बिष्ट तथा एशोसियट सदस्यमा प्रदीपकुमार गुप्ता र पुरुषोतम अग्रवाललाई सो समुहले मैदानमा उतारेको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »