११ साउन, बाँके । बाँकेको नेपालगञ्जमा आज देखि संचालनमा आएको तीन स्क्रिनको आधुनिक लक्जरी सिनेमा हल सिनेरोयलले सबै चलचित्र प्रेमीहरूका लागि ढोका खोलेको छ । यसले नेपालका सिनेमा घरहरू प्रतिको वर्तमान धारणालाई परिवर्तन गरेको छ ।
अत्याधुनिक प्रविधि, आलीशान सिटिङ, इमर्सिभ साउण्ड र भव्य बातावरणका कारण सिनेरोयलले नेपालमा सिनेमा थिएटरका लागि अभूतपूर्व बेन्चमार्क स्थापित गरेको छ ।
Advertisement
तीन ओटा ऑडिटोरियममा ५ सय ६० सीटहरूको साथ, सिनेरॉयल आधुनिक कला डेको डिजाइनको उत्कृष्ट बेजोड नमुना रहेको बिहीबार एक पत्रकार सम्मेलन मार्फत सिनेमाहलका म्यानेजिङ्ग डायरेक्टर राहुल थापाले जानकारी दिए ।
अत्याधुनिक प्रविधि र परिष्कृत आरामदायी अनुभव प्रदान गर्दै राष्ट्रिय गौरवको परियोजना निर्माण गर्दै नेपाललाई आधुनिक सिनेमा थिएटरको लक्जरीपूणर् अनुभव अन्तर्राष्ट्रिय मानचित्रमा ल्याएको उनले बताए ।
Advertisement
गतिशील, दूरदर्शी र प्रेरणादायी युवा डा. राहुल थापाको वर्षोंको अनुसन्धान र मेहनतको परिणामको रूपमा यो रंगमञ्चलाई लिन सकिन्छ ।
संयुक्त राज्य अमेरिकाबाट आयातित सबै अडिटोरियममा नेपालकै पहिलो जेबीएल एटमोस साउण्ड सिस्टम रहेको छ । सबै अडिटोरियमहरूमा प्रक्षेपण प्रणाली बेल्जियमबाट २० हजार लुमेन्स बारको प्रोजेक्टरहरू ग्यालालाइट मिराज ३२ थ्री डी प्रिजम सिल्भर स्किन र हङकङबाट ३ बीम गेट-डी थ्री डी प्रणालीको साथ छन्, जसले एक उत्कृष्ट गुणस्तरको पिक्चर र रंग संयोजन प्रदान गर्दछ ।
Advertisement
नेपालमै पहिलो पटक मलेसियाबाट आएको स्पेक्ट्रम सिटिङसंगै सिटिङ कम्फर्टलाई प्राथमिकता दिइएको छ । थिएटरले आफ्ना सबै थिएटरहरूमा रिक्लाइनर, लाउन्जर र स्लाइडर सीटहरूको आरामदायी मिश्रण प्रदान गर्ने टिभि लिडर किरन कुमार ढकालले बताए ।
उनले पत्रकार सम्मेलनमा जानकारी गराउदै भने, ‘यहाँ उपलब्ध स्वादिलो खाना अमेरिका देखि भित्रयाइएका अंग्रेणी टेक्नोलोजीबाट निर्मित एक पूर्ण बिजुली पर्यावरण-अनुकूल भान्सामा घरमा जस्तै तयार हुन्छ । जुन निकै नै फ्रेश तथा स्वादिलो रहेको छ ।’
Advertisement
सिनेरोयलले अत्याधुनिक अग्नि सुरक्षा प्रणाली र पूर्ण रूपमा अग्नि-प्रतिरोधी अडिटोरियमहरूको साथ सबै अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डहरू पालना गरिएको दावी छ । थिएटरले नेपालको पहिलो स्वचालित जीडीसी थिएटर व्यवस्थापन प्रणाली पनि प्रयोग गरिएको छ जसले मल्टिप्लेक्समा केन्द्रीकृत नियन्त्रण सुनिश्चित गर्छ ।
सिनेमा अनुभवको पुनरुत्थानको प्रतिज्ञा गर्दै, सिनेरोयलले वास्तवमै देशको चलचित्र प्रदर्शनी उद्योगमा एक नयाँ बेन्चमार्क सेट गरेको छ, जसले चलचित्र दर्शकहरूलाई उनीहरूले कहिल्यै नबिर्सने अनुभवको आभाष छोडेका छन् ।
एम.डि. डा. थापाले अन्त्यमा भने, ‘यस थिएटरको उद्देश्य भारतका चलचित्र प्रेमीहरूलाई पनि आकर्षित गर्नु हो र यसले निश्चित रूपमा पर्यटनमा योगदान पुर्याउने छ, जहाँ सीमा पार बस्ने चलचित्र प्रेमीहरू समेत यस असाधारण चलचित्र अवलोकन यात्राको एक हिस्सा हुने हाम्रो विशवास रहेको छ ।’

















टिप्पणीहरू