Close sidebar
  • ताजा
  • लोकप्रिय
  • कुस्ती टोलीलाई नेपालगञ्जमा स्वागत

    ९ साउन, बाँके । नेपाली कुस्ती टोलीलाई आज नेपालगञ्जमा स्वागत गरिएको छ ।

    चीनको हाङझाउमा हुने १९ औं एसियाली खेलकुदको लागि थप तयारी गर्न बैदेशिक प्रशिक्षणका लागि भारतको उत्तर प्रदेशको नन्दनीनगर स्थित टाटा मोटर्स एकेडेमीमा जान लागेका कुस्तीका टोलिलाई स्वागत गरिएको छ ।

    Advertisement

    भारत जान लागेका मुख्य प्रशिक्षक मुमताज अली इद्रिसी लगायत ४ खेलाडी सहित ५ सदस्यीय टोलीलाई नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य तथा भेरी एफएमका स्टेशन प्रमुख मोहम्मद आरिफ अन्सारीले नेपालगञ्जमा स्वागत गरेका छन् ।

    महिला खेलाडी शिभांगी दुबे, सुशीला चन्द र पुरुष खेलाडी राज यादव र सुरेश चुनारा चारैजना खेलाडीहरु १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडी हुन् ।

    Advertisement

    नेपालगञ्जमा एक साताको प्रशिक्षणपछि खेलाडीहरुको टोली उत्तर प्रदेशको नन्दनीनगरस्थित टाटा मोटर्स एकेडेमीमा भदौसम्म प्रशिक्षणमा रहने मुख्य प्रशिक्षक इद्रिसीले जानकारी गराए ।

    खेलाडीहरुले अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका लागि वैदेशिक प्रशिक्षणमा जान पाउँदा आफूहरु साह्रै उत्साहित र खुशी रहेको बताए ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »