८ साउन, बाँके । नेपाल-भारत सिमानाकामा भारतीय पक्षका सुरक्षाकर्मीले कडाईका साथ चेकजाँच थालेको छ । बाँकेको नेपालगञ्ज स्थित जमुनाह-रुपैडिहा नाकामा तैनाथ भारतीय सिमा सुरक्षाबल एस. एस. बी.ले उच्च सर्तकता अपनाउदै सुरक्षामा कडाई गरेको हो ।
नेपालबाट भारत जाने यात्रुसंग पहिचान खुल्ने कागजात माग गर्दै सुरक्षाकर्मीले चेकजाँचलाई चुस्त बनाएको छ ।
रोजगारको सिलसिलामा, किनमेल तथा अन्य प्रयोजनका लागि भारत जाने नेपालीहरुको पहिचान खुल्ने गरी आधिकारिक नगरिकता, पासर्पोट, सवारी साधन लाइसेन्स लगायतका सरकारी परिचयपत्र कडाईका साथ चेकजाँच गरेर मात्रै भारत छिर्न दिईएको छ ।
Advertisement
सिमा हैदर नेपाल हुदैँ भारत सजिलै छिर्न सक्ने भएकोले पहिचानपत्रलाई प्राथमिकता दिदैँ कडाई गरेको भारतीय सुरक्षाकर्मीले जनाएका छन ।
यो रुपैडिहा नाकामा मात्रै नभई नेपाल-भारतको सिमानासंग जोडिएका सबै नाकामा सुरक्षालाई चुस्त बनाइएको छ । बाँके, बर्दिया, कपिलवस्तु लगायतका जिल्लाहरुमा कडाई गरिएको छ । अबको २-४ दिनमा अझै सबै स-साना नाकामा पनि कडाई गरिने सीमा सुरक्षाको श्रोतले जनाएको छ ।
Advertisement
यस अघि सामान्य रुपमा जाँच गरिदै आएको भारतीय सुरक्षाले करिब एक साता अगाडि देखि पहिचानपत्र खोज्दै आएको छ । पहिचानपत्र नबोकेका नेपालीलाई भारत प्रवेशमा सुरक्षाकर्मीले रोक लगाएका छन ।
यति बेला रोजगारी र रुपैडिहामा किनमेलका लागि नेपालीहरुको चाप बढी छ । धान रोपाई पश्चात रोजगारको सिलसिलामा दिल्ली, कालापहाड, मुम्बाई, सिमला, पंजाब लगायतका ठूला सहरमा जानेगरेका उनीहरुले नै बताउँछन ।
Advertisement
पहिचानपत्र बिना प्रबेश गर्न नदिने भारतीय सुरक्षा बललाई माथि बाटै निर्दशन आएपछि नेपाल तर्फका सुरक्षाकर्मीहरुले सीमामा नेपालीहरुलाई सहज हुनेगरी पहिचानपत्र अनिर्वाय बोक्न सचेत गर्दै आएका छन ।
टिप्पणीहरू