२६ असार, काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई ज्यान मार्ने धम्की दिँदै ३० करोड रुपैयाँ फिरौती माग्ने एक जना पक्राउ परेका छन । फरौती माग गरेका खोटाङका रमेशकुमार गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।
गुरुङले प्रवेश लामाको नामबाट यही असारको १३ गतेदेखि निरन्तर फोन गरेर ज्यान मार्ने धम्की दिएको भन्दै प्रसाईँले प्रहरीमा उजुरी दिएका थिए ।
Advertisement
धम्की दिने गुरुङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आज मङ्गलवार पक्राउ गरेको हो । उनले ३० करोड रुपैयाँ फिरौती मागेका थिए, फिरौती रकम लिन आउने क्रममा प्रहरीले पक्राउ गरेको हो ।
टिप्पणीहरू