३१ जेठ, बाँके । बाँकेको जानकी गाउँपालिका वडा नम्बर १ स्थित साईगाउँ बढैया सिमानाकाबाट तस्करी शुरू भएको छ ।
साईगाउँ बढैया सिमानाकाबाट इन्भर्टर ब्याट्रीको ट्रान्जिक्ट प्वाईन्ट बनाउन थालेका छन् । मोटर साइकलमा इन्भर्टर ब्याट्री निर्वाध रुपमा सशस्त्र प्रहरी र नेपाल प्रहरीकै अगाड़ीबाट तस्करी भईरहेको प्रष्ट देख्न सकिन्छ ।
Advertisement
लिमरा खबर, हाम्रो मिडिया नेपाल र नाईल खबरलाई त्यहाँका स्थानीयले उक्त विषयमा चरम गुनासो गरे पछि समाचार प्रयोजनका लागि त्यहाँ मिडियाकर्मी पुगेका थिए ।
सिमानाकामा खटिएका प्रहरीकै अगाडीबाट ठुलो मात्रामा तस्करी भईरहेको सुचना प्राप्त भए पछि साईगाउँमा रिर्पोटिङ्गमा संयुक्त रुपमा मिडियाकर्मी पुगेका थिए ।
Advertisement
साईगाउँको बहिरा रहेको कब्रिस्तान नजिक भन्सार छली अवैध समान तस्करले विर्वाध रुपमा भित्र्यिाइरहेको पाइएको छ । मोटर साइकल मार्फत तस्बीर भईरहेको दृश्य कैद गरेपछि त्यस क्षेत्रका चर्चित तस्कर नसरुद्दीनले उल्टै मिडियाकर्मीलाई नै धम्की दिए । लिमरा खबरमा कार्यरत मिडियाकर्मीलाई फोन मार्फत धम्काएका हुन ।
सोही क्रममा तस्कर नसरुद्दीनले जानकारी गराउदै भने, ‘इन्भर्टर ब्याट्री कसको हो भन्ने नेपाल प्रहरीलाई सोधे हुन्छ ।’ एउटा मोटर साइकलले एक पटकमा झण्डै ४ वटा इन्भर्टर ब्याट्री ल्याउने गरिरहेका छन् ।
Advertisement
यता स्थानीयले अवैध सामानहरु यहाँ खटिएका प्रहरीकै स्कटीङमा आउने गरेका बताउँछन ।
साईगाउँ सिमा नाजिकै रहेको रंजितबोझा गाउँमा तस्करहरुले सामान भण्डारण गरेर दिउँसो र रातीको समयमा नेपालगञ्ज ल्याउने गरेका छन् । रुपैडिहा नजिक रहेको रंजितबोझागाउँमा गोदाममा राखेको ४६ वटा इन्भर्टर ब्याट्री मध्य ८ वटा नेपालगञ्ज ल्याई सकेका श्रोतले दावी गरेको छ । नाम प्रकाशन नगर्ने सर्तमा स्थानीयले मिडियाकर्मी यस्तो जानकारी दिए ।
Advertisement
सशस्त्र प्रहरी र नेपाल प्रहरीको सेटिङ र संरक्षणमै साईगाउँ सिमानाकाबाट नयाँ सिस्टममा खुलेआम तस्करी भैरहेको छ । यस सम्बन्धमा नेपाल प्रहरी र सशस्त्र प्रहरी मौन देखिएका छन । सीमामा रहेका सशस्त्र प्रहरी बलको मिलोमतो र संलग्नतामा दैनिक लाखौँको समान तस्करी भइरहेको स्थानीयले बताए ।

















टिप्पणीहरू