Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नेपालगन्ज अब राती ११ बजेसम्म खुल्ने

    ३० जेठ, बाँके । नेपालगन्ज अब राती ११ बजेसम्म खुल्ने भएको छ ।

    नेपालगन्ज उद्योग बाणिज्य संघ, नाट्टा बाँके लगायत विभिन्न सरोकारवाला संघसंस्थाको अनुरोधमा जिल्ला प्रशासन कार्यालय, नेपालगन्ज उपमहानगरपालिका र सरोकारवाला बीच आज जिल्ला प्रशासनमा छलफल भएको छ ।

    Advertisement

    उक्त छलफलमा शान्ति सुरक्षा र बजार व्यवस्थापनलाई ध्यान दिँदै असार १५ गतेदेखि ‘स्ट्रीट फुड लेन’ र ‘रात्रीकालीन बजार’ राती ११ बजेसम्म खुला राख्ने सहमति भएको छ ।

    पश्चिम क्षेत्रकै प्रमुख सहरका रुपमा रहेको नेपालगञ्ज धार्मिक, आर्थिक, औद्योगिक, पर्यटकीय र व्यापार व्यवसायको दृष्टिकोणले महत्वपूर्ण सहर मानिदै आएको छ । यस क्षेत्रकै व्यापारिक एवं शैक्षिक केन्द्रविन्दुको रुपमा रहेको नेपालगञ्जमा टाढा टाढाबाट आगन्तुकहरु आउँछन ।

    Advertisement

    सोही विषयलाई मध्यनजर गर्दै नेपालगन्जमा राती ‘स्ट्रीट फुड लेन’ र ‘रात्रीकालीन बजार’ संचालन हुन लागेको हो ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »