Close sidebar
  • ताजा
  • लोकप्रिय
  • अब नेपालगञ्जमा पनि ‘ट्राफिक लाईट’

    २९ जेठ, बाँके । नेपालगञ्जका पाँच वटा मुख्य चोकहरुमा एक महिना भित्र ‘अत्याधुनिक ट्राफिक लाइट’ जडान हुने गरी कार्य सुरु भएको छ ।

    सडक विभागले सुर्खेत रोडको गणेशमान चोक, विपी चोक, धम्बोझी चोक, पुष्पलाल चोक र राँझा चोकमा ट्राफिक लाईट जडान गर्न कार्य थालेको हो । पाँचै ठाउँमा एक महिना भित्रै जडान हुने गरी काम सुरु भएको हो ।

    Advertisement

    सडक बिभागले योजना अगाडी बढाएसंगै गणेशमान चोकमा तार विछ्याउन थालेको छ ।

    नेपालगञ्ज उपमहानगरपालिकाको अनुरोध एवम् तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री मो. इस्तियाक राईको विशेष पहलमा सडक विभाग नेपालगञ्जले सुर्खेत रोडको मुख्य पाँच चोकमा ट्राफिक लाइट जडान हुने नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले बताए ।

    Advertisement

    विष्टले आवागमन बढी हुने यी ब्यस्त चोकहरुमा ट्राफिक लाइट लगाएपछि ट्राफिक व्यवस्थापन सहज हुने विश्वास व्यक्त गरे । सुर्खेतरोडमा पछिल्लो समय दुर्घटना बढ्दै गएको भन्दै उनले दुर्घटनाको जोखिम न्यूनीकरणमा पनि यसले सहयोग पुर्याउने बताए ।

    सडक डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख निरज शाक्यले सडक विभागको ठेक्का व्यवस्थापनमा ट्राफिक लाइट जडानको काम भइरहेको बताउँदै सडक डिभिजनको कार्य क्षेत्र परेकाले आफूहरुले सहजीकरण गरिरहेको जानकारी दिए । उनले एक ठाउँको काम सकिएपछि मात्रै अर्को ठाउँमा काम थाल्ने बताए । शाक्यले असार मसान्त सम्म पाँचै ठाउँको काम सकिने जानकारी दिए ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »