- म मरेको दिन तिमी हाँस्छौ कि रुन्छौं प्रिय,
खुचिङ पो भन्छौ कि, त्यसै मुच्र्छा हुन्छौं प्रिय ? - सँगै हुँदा रिस गर्छौ, भित्र माया छ कि कतै,
खस्न खोज्ने आँसुलाई, खसाल्छौं कि थुन्छांै प्रिय ? - सोच्दा सोच्दा मन घुम्छ, के के सोच्छु मनभित्र,
देखेपछि मेरो लाशलाई, तर्कन्छौ कि छुन्छौ प्रिय ? - रुन्छन होला परिवारका, वियोगमा डाँको छोडी,
गाह्रो होला हाँस्नलाई, कि पिरव्यथा फुन्छौ प्रिय ? - कुरा होलान गुन बैगुनका, अनि मेरो बारे,
चुन्न परे गुन र बैगुन, तिमी कुन चुन्छौ प्रिय ? - मर्ने जान्छन मरिकन बाँच्नेलाई दुःख हुन्छ,
मनको माया समाल्छौ कि अर्को घर बुन्छौ प्रिय ? - मैलो हुन्छ अरे मन मरेकालाई देखेपछि,
के के गर्छौ शुद्ध हुन, कि जिउ धुन्छौ प्रिय ? - सजिलो छ भन्नलाई भोग्न गाह्रो पर्छ नि त,
मान्छे पिच्छे फरक अर्ति कस्का कुरा सुन्छौ प्रिय ?
✖
टिप्पणीहरू