Close sidebar
  • ताजा
  • लोकप्रिय
  • भारत भ्रमण निस्कनु अघि प्रधानमन्त्री प्रचण्ड र चिनियाँ उच्च अधिकारी बीच भेटवार्ता

    १७ जेठ, काठमाडौँ । भारत भ्रमणमा निस्कनु केही घण्टा अघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ उच्च अधिकारी बीच भेटवार्ता भएको छ ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ स्यावहोइको नेतृत्वमा आएको १४ जनाको टोलीले बुधवार बिहानै बालुवाटार पुगेका हुन् ।

    Advertisement

    उनीहरू हिजो राति मात्रै सिंगापुर एयरलाइन्सबाट काठमाडौं आइपुगेका हुन् ।

    भारत भ्रमणमा निस्कनु केही घण्टाअघि चिनियाँ कम्युनिष्ट पार्टीका उच्च अधिकारी सँगको छलफललाई अर्थपूणर् रूपमा लिईएको छ । तर, भेटघाटमा के भयो त्यस बारेमा आधिकारिक जानकारी भने अझै बाहिरिएको छैन ।

    Advertisement

    गत चैत १४-१७ सम्म चीनको राजधानी बेइजिङमा भएको ‘बोआओ फोरम फर एसिया’को निम्तो अस्विकार गर्दै अनुपस्थित भएका प्रधानमन्त्री प्रचण्ड आज दिउँसो २ बजे भारत जाँदैछन् ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »